आजदेखि पुरानै बिदा र कार्यालय समय

जनसम्मत
असार १, २०७९, बुधबार

आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ।

गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।
सरकारी कार्यालय आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको हो।

यस्तै, शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ।

गृह मन्त्रालयको विज्ञप्ति