सबै विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन नेविसंघको माग

जनसम्मत
जेठ ३१, २०७९, मंगलवार

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुलाई पनि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सबै विद्यार्थीलाई सहुलियतमा चुल्हो उपलब्ध गराउन माग गरेको हो।

अध्ययन गर्न देशका विभिन्न जिल्लाबाट काठमाडौं आई डेरा गरी बसेका विद्यार्थीहरुलाई विद्युतीय चुल्होको आवश्यकता पर्नेे नेविसंघले बताएको छ। छिट्टै सबै विद्यार्थीले परिचयपत्रका आधारमा विद्युतीय चुल्हो पाउनुपर्नेमा नेविसंघले जोड दिएको हो।