एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालले भुटानलाई ५० रनले हरायो

जनसम्मत
असार ३, २०७९, शुक्रबार

एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ।

मलेसियामा सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट बन्यो। भुटानले ४४ रन मात्र बनाउन सक्यो। भुटानका लागि छिरिङ जाङमोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४ रन मात्रै बनाए।

नेपालकी संगीता राईले ४ विकेट लिइन् भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दु बर्माले १÷१ विकेट लि।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन भने इन्दु बर्माले २० रन, कप्तान रुविना क्षेत्रीले २१ र डोली भट्टले ५ रन बनाए। यस्तै, सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योति पाण्डे शून्य रनमा आउट बने। भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १/१ विकेट लिए।
च्याम्पियनसीप अन्तर्गत नेपालले अब कुवेतसँग भोलि (शनिबार) खेल्नेछ। यस्तै, सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ। च्याम्पियनसीपमा १० टोलीको सहभागिता छ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ’बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन छन्। यस्तै, समूह ’ए’ मा मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन्। च्याम्पियनसीपको फाइनल पुग्ने २ टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।