कतारमा कार्यरत नेपाली महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

जनसम्मत
असार ६, २०७९, सोमबार

कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिने महिला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यकम गरेको छ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याबारे छलफल गरेको थियो।

कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए। उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए।

स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। मानसिक स्वास्थ्य जनसचेतनाको खाँचो भएको सापकोटाको भनाई थियो।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिँदै गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरेकी थिइन्।