रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे

जनसम्मत
असार ७, २०७९, मंगलवार

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्।

उनले दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेको बताएका छन्। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले आफ्नो पार्टीको घोषणा गरेका हुन।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताएका छन्।

घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ हुने बताए।

भ्रष्टाचारीहरूको दिमागमा घण्टी बजाउन आफूले पार्टीको चुनाव चिह्न ‘घण्टी’ राखिएको लामिछानेले बताए।

निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आजै निवेदन दिने र केन्द्रीय समितिको बैठक पनि आजै बस्ने उनले बताए।

केन्द्रीय समितिमा २१ जना समावेश गरिएको उनको भनाइ छ। केन्द्रीय समितिमा रहेका व्यक्तिहरुको नाम भने उनले सार्वजनिक गरेका छैनन्।

उनले पार्टीमा भात्री संगठन गठन नगर्ने, कोहीले पनि कार्यकर्ता बनेर झोला बोक्न नपर्ने लगायतका नारा अघि सारेका छन्। देशको जुनसुकै ठाउँबाट चुनाव लडेपनि एक जना खराब राजनीतिज्ञलाई संसद छिर्नबाट आफूले रोक्ने भन्दै अन्य ठाउँबाट अरू स्वतन्त्र उम्मेदवारहरूले रोक्नुपर्ने उनको भनाइ छ।