गोरखाका १६ विद्यालयलाई विपद जोखिम न्यूनीकरणका खेल सामग्री

जनसम्मत
असार ७, २०७९, मंगलवार

गोरखाका १६ सामुदायिक विद्यालयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी खेल सामग्री वितरण गरिएको छ।

एकीकरण नेपाल गोरखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानाले ति विद्यालयलाई सामग्री वितरण गरेका हुन्। विपद् व्यवस्थापनसम्बन्धी विभिन्न ७ प्रकारको खेल सामग्रीहरु वितरण गरेको हो।

कागजको भाडा वनाउने तरिका, विपद्सम्वन्धी सर्प र भ¥याङ, आगलागीसम्वन्धी रिले दौड, पहिरो र भू–क्षयसम्वन्धी रुमालचोरी खेल, आपतकालीन सामग्री, हाजिरीजवाफ, विपद् जीवन चक्र खेल तथा दुर्घटना सुरक्षासम्वन्धी भाग्योदय खेल सामग्रीहरु छन्।

वारपाक सुलीकोट गाउँपालिकाको ८, गोरखा नगरपालिकाको ७ र सिरानचोक गाँउपालिकाको १ विद्यालयलाई सो सामग्री वितरण गरिएको एकीकरण नेपालले जनाएको छ।

विपद् जोखिम न्यूनीकरण शिक्षालाई स्थानीयकरण गर्न खेलको माध्यमबाट बिद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरण् सम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको आयोजक एकीकरण नेपाललले वताएको छ।

विगतमा सम्वन्धित विद्यालयका शिक्षकहरुवाटै प्राप्त ज्ञान र सीपको आधारमा उक्त खेल सामग्रीहरु विकास गरिएको हो।