पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

जनसम्मत
असार ९, २०७९, बिहीवार

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ।

गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो।

केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा. प्रकाश क्षेत्रीसहितको टिमले करिब ४ घण्टाको समय लगाएर ५० बर्षिय महिला विरामीमा ५१ बर्षिय पुरुषको किड्नी प्रत्यारोपण गर्न सफल भएका प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जनाएका छन्।

पोखरामा दैनिक डायलासिस गर्नुपर्ने किड्नी विरामी ५ सय भन्दा वढि छन्। पोेखरामा नै मर्गौला प्रत्यारोपण हुने भएपछि धेरै विरामीको उपचारमा सहज हुने र आगामी दिनमा उक्त सेवालाई वढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनको भनाई छ।