पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

जनसम्मत
असार १०, २०७९, शुक्रबार

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ।

उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो।

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ।

देशभरका स्थानीय तहहरुले आज बजेट ल्याउदै छन् । संवैधानिक व्यवस्था अन्र्तगत असार १० गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ। संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ।

हेर्नुहोस, बजेटको पूर्ण पाठ

पोखरा महानगरको बजेट