यस्तो छ, कास्की काँग्रेस वैठकको निर्णय

जनसम्मत
असार ११, २०७९, शनिबार

नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ।

नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त वरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समीक्षासहित विभिन्न निर्णयहरु गरेको छ।

वैठकले, पार्टीका तर्फवाट उम्मेदवार वनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई यही आषाढ २५ गते वधाई ज्ञापन र सम्मान गर्ने निर्णय गरेको छ।

यसैगरी, वैठकले, श्रावण ६ गते महामानव वीपी कोइरालाको स्मृति दिवसका दिन रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ।

वैठकले, महाधिवेशन प्रतिनिधी सुरजजंग राणाका पिता हर्कजंग राणा र क्रियाशील सदस्य पोखरा–६ का विष्णु लामिछानेको असामयिक निधन प्रति दुःख व्यक्त गरेको छ।