बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा

जनसम्मत
असार २३, २०७९, बिहीवार

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्।

पछिल्ला २ दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन्।

उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन्। मन्त्रीहरूले राजीनामा दिएपनि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन्।