माओवादी केन्द्रमा १२५ जनाको पोलिटब्युरो सदस्य

गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्ती, सदस्य चयनमा परिवारवाद हावी भएको भन्दै बैठकस्थलमै चर्को विरोध

जनसम्मत
असार २३, २०७९, बिहीवार

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिटब्युरो सदस्यमध्ये गण्डकी प्रदेशबाट मात्रै ४ दम्पत्तीले अवसर पाएका छन्।

बिहीबार अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उक्त संख्याको पोलिटब्युरो सदस्यमध्ये नेता देव गुरुङ, हितमान शाक्य, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा नेता देवेन्द्र पराजुलीको दम्पत्ती पोलिटब्युरो सदस्यमा नाम आएको छ।

प्रस्तावित नामहरुमा नेता देव गुरुङकी यशोदा सुवेदी ‘प्रभा’, नेता हितमान शाक्यकी अमृता थापा, शिक्षामन्त्री देवेन्द्र पौडेलकी बलावती शर्मा र देवेन्द्र पराजुलीकी कल्पना धमला दम्पत्ती पोलिटब्युरो सदस्यमा अँटाएका छन्।

गण्डकी प्रदेशका नेताहरु नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा, सुरेश आलेमगर, श्रीराम ढकाल, खिमलाल देबकोटा, हितराज पाण्डे, अमर तमु, हरिबहादुर चुमान, हरि अधिकारी, लेखनाथ न्यौपाने, सुशीला सिम्खडा र परशुराम रम्तेल पोलिटब्युरोमा प्रस्तावित भएका छन्।

पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट ४ सदस्य छन्। अध्यक्ष प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य छन्। अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने पहिलोपटक केन्द्रीय सदस्य बनेका छन्।

माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा परिवारवाद हावी भएको भन्दै बैठकस्थल कमलादीस्थित प्रज्ञा भवनमै केन्द्रीय सदस्यहरुले चर्को विरोध जनाएको समाचार छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको हो।

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युरो सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाए। कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो ?’ भन्दै प्रश्न गरे।

विवाद भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ। यही असार १९ गते आइतवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

यी हुन् सदस्यहरू:

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायाणकाजी श्रेष्ठ ‘प्रकाश’
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६.वर्षमान पुन
७. हरिबोल गजुरेल
८.शक्ति बस्नेत
९.जनार्दन शर्मा
१०.चक्रमाणि खनाल
११.पम्फा भुसाल
१२.हितमान शाक्य
१३.कुल प्रसाद केसी
१४.मातृका यादव
१५. जयपुरी घर्ती
१६.लिलामणि पोखरेल
१७.दिनानाथ शर्मा
१८.हितराज पाण्डे
१९ं विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४.नारायण दाहाल
२५ सन्तु दराई
२६.गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८.जग प्रसाद शर्मा
२९.काली बहादुर मल्ल
३०.कमला रोका
३१.झक्कु प्रसाद सुवेदी
३२.हरि अधिकारी
३३.सुरेश राई
३४. शशी श्रेष्ठ
३५.प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७ . पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१ खगराज भट्ट
४२ . टेक बहादुर बस्नेत
४३ .महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६. कृष्णध्वज खड्का
४७ भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९ जोख कुमार बरबरिया (श्रवण)
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३ यशोदा सुवेदी
५४. अमृता थापा
५५ .सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२.लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४.जगत यादव
६५.रामेश्वर राय
६६.पर्शुराम तामाङ
६७.देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१.कल्पना धमला
७२.सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५.ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७ वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९.दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४.युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा