वायु सेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

जनसम्मत
असार २३, २०७९, बिहीवार

सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ।

निगम अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

आदेशमा अहिलेका दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ। सर्वोच्चले असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।