माओवादीको स्थायी समिति सदस्य : ४१ मध्ये १५ जनाको मात्रै नाम टुंगियो

पार्टीको स्थायी समितिका लागि टुंगिसकेको प्रस्तुत नामहरु आज नै प्रस्तावमा परेका पोलिटब्युरो सदस्यका नामहरु हुन्

जनसम्मत
असार २३, २०७९, बिहीवार

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीमा ४१ सदस्यीय बनाउने भएको छ।

काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिएका छन्।

प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गरेका हुन्। बाँकीको नाम छिट्टै टुंगो लगाउने उनको प्रतिबद्धता छ। प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुंगिएको र बाँकीको पनि चाँडै टुंग्याउने उल्लेख गरेका छन्।

पार्टीको स्थायी समितिका लागि टुंगिसकेको प्रस्तुत नामहरु आज नै प्रस्तावमा परेका पोलिटब्युरो सदस्यका नामहरु हुन्।