अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्ला

जनसम्मत
असार २४, २०७९, शुक्रबार

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला गरिएको छ।

कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) जारी गरेको हो।

प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका सर्वसाधारणका बिक्री खुल्ला गरेको हो।

छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने उक्त आवेदनमा ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।