बागलुङले जित्यो गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड

जनसम्मत
असार २४, २०७९, शुक्रबार

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो ।
बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन्।

उपाधिसहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन्। असार २३ गतेबाट पोखरा रंगशालामा संचालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कबड्डी छात्रतर्फ १ स्वर्ण पदक हात पारेको छ।

त्यस्तै, प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ। नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ।
त्यस्तै, तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्र/छात्रा तर्फ १/१ स्वर्ण प्राप्त गर्न सफल भएको छ।