नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सुझाव दिन प्रधानमन्त्री ओलीद्धारा नेकपा सांसदहरुलाई निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टी संसदीय दलको बैठक

जनसम्मत
वैशाख २१, २०७६, शनिबार

पोखरा । सरकारको स्पष्ट गन्तव्यसहित राष्ट्रपति विद्या भण्डारीद्धारा शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सुझाव दिन प्रधानमन्त्री ओलीले नेकपा सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेकोे पार्टी संसदीय दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रको छलफल र सबै मन्त्रालयको सुझाव र तथ्यांकका आधारमा स्पष्ट गन्तव्यसहितको अर्थपूर्ण नीति तथा कार्यक्रम ल्याइएकाले समर्थनमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

उनले आगामी गन्तव्य सुशासन र विकासमा केन्द्रीत गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको स्पष्ट पारे । बैठकमा प्रधानमन्त्री ओलीले समानता, विकास, सुशासन, स्वाधीनता र समृद्धि केन्द्रीत समाजबाद उन्मुख नीति तथा कार्यक्रम प्रस्तुत गरेर विपक्षीलाई समेत औला उठाउने अवस्थासमेत नदिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास निर्माण, भ्रष्टचार नियन्त्रण, सामाजिक सुरक्षा र मानव अधिकारका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी काम गरेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रममा विकासका मुख्य पूर्वाधार निर्माण, राष्ट्रिय महत्वका आयोजनामा जोड र मुलकलाई आत्मनिर्भर बनाउने बताए । निर्यात प्रवद्र्धन गर्नेजस्ता यावत पक्षहरु समेटिएकाले आत्मविश्वासका साथ पक्षमा उभिन आग्रह पधानमन्त्री ओलीको आग्रह थियो । प्रधानमन्त्री ओलीले सरकार शान्ति, स्थिरता र स्थायित्वको पक्षमा रहेको बताए ।