१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

जनसम्मत
असार २५, २०७९, शनिबार

१०५ वर्षीया रामबाईले १०० मिटर दौडमा कीर्तिमान कायम गरेकी छन्।

बोल्ट बजै नामले चर्चित गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनसीपमा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी हुन्।

रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्। सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन्। तर, उनका नातेदारहरू भने आफूले उनलाई ढिलो दौडन भनेको बताउँछन्।

एजेन्सी