आजदेखि प्रदेश र स्थानीय तहमा भुक्तानी प्रणाली बन्द

जनसम्मत
असार २६, २०७९, आइतबार

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज (आइतबार)देखि बन्द हुने जनाएको छ।

कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आजदेखि बन्द हुने जनाएको हो। वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आजदेखि बन्द हुने महालेखाले उल्लेख गरेको छ।

कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो।

महालेखाले प्रदेश र स्थानीय पालिकामा शनिबारसम्म भुक्तानी हुने बताएको हो। महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालयलाई पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको छ।

आर्थिक वर्ष अन्तिम समय पहिले काम भएर रोकिएका बिल भुक्तानीको चाप सरकारी कार्यालयमा बढी हुने गरेको छ। नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ।

त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ। नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ।

निकासा भुक्तानी सम्बन्धमा