टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै

जनसम्मत
असार २५, २०७९, शनिबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पुरुष टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२२ को शुक्रबारदेखि काउन्ट डाउन सुरु गरेको आइसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ।

आइसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ। यसअघि, आइसीसीले २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल ल्याएको थियो। एकदिवसीय विश्वकपको ट्रफी विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको वसन्तपुर, स्वयम्भुलगायत क्षेत्रमा प्रदर्शन गरिएको थियो।

८ जुलाईमा अष्ट्रेलियाको मेलबर्नबाट सुरु हुने ट्रफी टुर १६ अक्टोबरमा अष्ट्रेलियाकै जिलोङमा पुगेर सकिनेछ। अष्ट्रेलियामा १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अष्ट्रेलिायको ७ सहरमा आयोजना हुनेछ।