जनताको सुरक्षाका लागि राजीनामा दिन तयार छु : श्रीलंका प्रधानमन्त्री

जनसम्मत
असार २५, २०७९, शनिबार

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।

सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन्।

उनले देश र जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

शनिबार साँझ उनले ट्विटरमार्फत सबै राजनीतिक दलका नेताहरूबाट आउने सबैभन्दा उपयुक्त विकल्प स्वीकार गर्न तयार रहेको पनि बताएका छन्।

एजेन्सी