श्रीलंकालाई आर्थिक स्थिरता खोज्न अमेरिकी आह्वान

जनसम्मत
असार २६, २०७९, आइतबार

संयुक्त राज्य अमेरिकाले श्रीलंकाका नेताहरूलाई आर्थिक स्थिरता प्राप्तिका लागि यथाशीघ्र काम गर्न आह्वान गरेको छ।

अमेरिकाको विदेश विभागका प्रवक्ताले श्रीलंकाको कुनैपनि नयाँ सरकारले दीर्घकालीन आर्थिक स्थिरता पाउन र श्रीलंकाली जनताको असन्तुष्टि सम्बोधन गर्न समाधानहरूको पहिचान तथा कार्यान्वयनका लागि छिटो काम गर्नुपर्ने सल्लाह दिएका छन्।