रुबिकिनालाई विम्बल्डनको उपाधि

जनसम्मत
असार २६, २०७९, आइतबार

काजकिस्तानकी इलिना रुबिकिनाले विम्बल्डन टेनिसको उपाधि जितेकी छन्।

शनिबार भएको फाइनलमा रुबिकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३–६, ६–२, ६–२ ले पराजित गरिन्।

२३ वर्षीया रुबिकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। रुबिकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन्।