बुढीगंगाको मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

जनसम्मत
असार २६, २०७९, आइतबार

बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।

आज (आइतबार) सकिएको मतगणनाअनुसार मेयरमा रामबहादुर बानियाँले ४ हजार ४७७ मत ल्याएर विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत प्राप्त गरे।

त्यस्तै, उपमेयरमा एमालेकी माया कुँवरले ४ हजार ७२७ मत ल्याएर जित निकालेकी छन्। प्रतिद्धन्दी नेपाली काँग्रेसकी रीता शाहीले ३ हजार ७५५ मत ल्याइन्।

नगरपालिकाको १० वटा वडा मध्ये वडा नम्बर ४, ७ र ८ गरी ३ वडामा काँग्रेसले जित निकालेको छ। त्यस्तै, वडा नम्बर १, २, ३, ५, ६ , ९ र १० नम्बर गरी ७ वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।