तनहुँको ऋषिङ गाउँपालिकामा गाउँका १६ जना बुहारीहरुलाई सम्मान

जनसम्मत
असार २६, २०७९, आइतबार

तनहुँको ऋषिङ गाउँपालिकाले गाउँका १६ जना बुहारीहरु सम्मानीत भएका छन्।

गाउँ र समाजमा राम्रो आचरण देखाउने बुहारीलाई गाउँपालिकाले सम्मान गरेको हो।

गाउँपालिकाको १२ गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा उनीहरूलाई सम्मान गरेको हो। सत्कर्म गर्न र राम्रो आचरणप्रति प्रोत्साहन गर्न बुहारी सम्मान कार्यक्रम राखिएको जनाइएको छ।

गाउँ सभाको अवसरमा ३२ एकल पुरुष र ६४ ज्येष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो।