४ दिनदेखि यता घट्दै सुनको भाउ

जनसम्मत
असार २९, २०७९, बुधबार

नेपाली बजारमा ४ दिनयता सुनको भाउ घट्दो क्रममा छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतवारयता सुनको भाउ घटिरहेको छ।

उक्त दिन तोलाको ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको सुन सोमवार १०० रूपैयाँ घटेर ९४ हजार ७०० रूपैयाँ कायम थियो। मंगलवार तोलामा २०० रूपैयाँ घटेर ९४ हजार ५०० रूपैयाँ कायम थियो। बुधवार सोही दरबाट घटेर ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। पछिल्लो ४ दिनमा सुनको भाउ तोलामा ५०० रूपैयाँ घटेको छ।

सो अवधिमा चाँदीको मूल्य पनि घटिरहेको छ। गत आइतबारयता चाँदी तोलामा १५ रूपैयाँ घटेको छ। बुधवार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १ हजार ७२४.९० डलर रहेको छ। यस दिन, अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ६६ पैसा छ।