निसर्ग बाटिका स्कुल टिम च्याम्पयन

जनसम्मत
असार २९, २०७९, बुधबार

निसर्ग बाटिका स्कुल १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल बनेको छ।

निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो।

दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जेल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्‍यो।