गौरिका लगायत पौडीका खेलाडीलाई सम्मान

जनसम्मत
असार ३०, २०७९, बिहीवार

नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव बिश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको छ।

गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई २५ हजार रुपैयाँ नगदले सम्मान गरेको हो। गौरिकाले ४ स्वर्ण २ रजत र ३ कास्य, डुवानाले २ रजत र ३ कास्य, टिशाले ४ कास्य र अनुशियाले ३ कास्य पदक हात पारेका थिए।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले पुरस्कार वितरण गरेका थिए।