फेसबुक लाइभमा जोडिन साउदीस्थित नेपाली दूतावासको आग्रह

जनसम्मत
असार ३०, २०७९, बिहीवार

साउदीस्थित नपाली दूतावासले फेसबुक लाइभमा जोडिन त्यहाँस्थित नेपालीलाई आग्रह गरेको छ।

दूतावासले भोली (शुक्रबार) आफ्नो आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन नेपालीहरुलाई आग्रह गरेको हो।

भोली (शुक्रबार, जुलाई १५ तारिख) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रम हुँदैछ।
दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत दूतावासले प्रदान गर्ने सेवा प्रवाहबारे साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी दिइने बताएको छ।
करिब ४ लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरुको माग अनुसार नै दूतावासले फेसबुक लाइभ कार्यक्रम शुरु गरेको जनाएको छ।

दूतावासले जुलाईको १ तारिक पहिलो पहिलो फेसबुक लाइभ कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमको अनुभव र सिकाईको आधारमा अबको कार्यक्रम थप प्रभावकारी बनाउने प्रयास रहने दूतावासले जनाएको छ। फेसबुक लाइभका क्रममा आउने गुनासो र समस्याको संभव भएसम्म लिखित रूपमा पनि जवाफ दिने प्रयास गरिने दूतावासले जनाएको छ।

साउदीको रियादस्थित नेपाली दूतावासले गत जुलाई १ तारिखमा गरेको फेसबुक लाइभ कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिने जनाएको छ।