प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी

जनसम्मत
असार ३०, २०७९, बिहीवार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा प्रभात त्रिपाठी निर्विरोध निर्वाचित भएका छन्।

मञ्च कतारको हालै सम्पन्न छैटौं अधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

जसको उपाध्यक्षहरूमा विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान छन्। सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन छन्।

त्यस्तै सदस्यहरुमा किरण सिलवाल, अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्यामलाल न्यौपाने, टीका कार्की, मिनबहादुर कार्की, बासु कार्की, सोभाखर भुसाल, श्रीधर आचार्य, केशवराज कार्की, रामजी अधिकारी, मनप्रसाद रानामगर, शिवकुमार भुजेल, लिलाप्रसाद गौतम, शक्ति क्षेत्री, गुमानसिहं बि.क., समुन्द्र खड्का, सुशील गौतम, विजयकुमार मगर, बिष्णुप्रसाद भुसाल, गणेश बस्याल, महमद नाजिलामी साफी, आसिफ हुसेन शेख र बुद्ध गुरुङ छन्।

लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद भट्टराई, उपाध्यक्षमा रमेश पौडेल, सचिवमा अख्तर हुसेन सदस्यमा निरन नेपाल र नवराज शाही छन्। निर्वाचन कमिटीको अध्यक्षमा गोविन्द सुवेदी, उपाध्यक्षमा गणेश दुलाल, सचिवमा निराजन गौतम र सदस्यहरुमा ईश्वर पौडेल, षडानन्द बास्कोटा छन्।

ओसिसबीच होटेल दोहाको सभाहलमा भएको अधिवेशन भएको थियो।