गण्डकीलाई राष्ट्रपति रनिङ शिल्डमा भलिबलको स्वर्ण

जनसम्मत
असार ३०, २०७९, बिहीवार

१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ।

लुम्बिनी प्रदेशविरुद्ध भएको फाइनल खेलमा ३–२ सेटले जित निकाल्दै गण्डकीले स्वर्ण पदक जितेको हो।

पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्बिनीलाई सुम्पिन पुग्यो।
लुम्बिनीले तेश्रो सेट २५–२० र चौथो सेट २५–२० मा जितेर गण्डकीलाई दबाबमा राखेको थियो।

तर, अन्तिम तथा पाँचौ सेट भने गण्डकीले १५–१२ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको थियो। जारी प्रतियोगितामा योसहित गण्डकीले कुल ५ स्वर्ण जितेको छ।