गण्डकीले जित्यो एथलेटिक्स रिले छात्रातर्फ स्वर्ण

जनसम्मत
असार ३०, २०७९, बिहीवार

गण्डकी प्रदेशले एथलेटिक्स छात्रातर्फ स्वर्ण पदक जितेको छ भने छात्रतर्फ रजत पदक जितेको छ।

काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ रिले ४हर्डल्स१०० मिटरमा गण्डकीले स्वर्ण पदक जितेको हो। योसहित एथलेटिक्समा गण्डकीले दोश्रो स्वर्ण हात पारेको छ।

गण्डकीको टोलीमा रहेका चन्द्रकला खराल, जानकी खराल, बिनिता सार्की र पार्वती नेपाली रिले दौड टिममा थिए। स्याङजा वालिङ लक्ष्मी माविमा अध्ययनरत चन्द्रकला र जानकी दिदी बहिनी हुन्। विनिता तनहुँ व्यास नगरपालिका सत्यवती माविमा अध्ययनरत छिन् भने पार्वती बागलुङ गल्कोट माविकी छात्रा हुन्।