गण्डकी प्रदेश छात्रतर्फको रिले दौडमा रजत पदकमै समेटियो

जनसम्मत
असार ३०, २०७९, बिहीवार

गण्डकी प्रदेश, रिले दौड छात्रतर्फ रजत पदकमा समेटिएको छ।

छात्रतर्फ रजत पदक जित्नेमा विकास पोख्रेल, विनित भुजेल, बादल कार्की र दिलिप जिसी हुन्। विकास सौभाग्य मावि राइनास लमजुङ, विनित आदर्श बल मावि सुन्दरबजार लमजुङ, बादल नुन्थला मावि बागलुङ काठेखोला पालिका र दिलिप गुरुकुल एकेडेमी कुश्मा पर्वतमा अध्ययनरत छन्।

यस्तै, सटपुट छात्रातर्फ गण्डकी प्रदेशका लागि बिनिता सार्कीले रजत जितेकी छन्। बिनिताले बुधबार ज्याभलिन थ्रोमा रजत पदक जितेकी थिइन्। उनले जारी प्रतियोगितामा २ रजत पदक जितेकी हुन्।

गण्डकी प्रदेशका तिर्थमान तामाङले छात्रतर्फ सटपुटमा काश्य पदक जितेका छन्। उनी लमजुङ दोर्दी गाउँपालिकाका हुन्। उनी फलेनी माविमा अध्ययनरत छन्।