पोखरा हेमजाका बाढी पीडितलाई राहत वितरण

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

पोखरा महानगरपालिका वडा न. २५ हेमजास्थित बाढी पीडितलाई शुक्रवार राहत वितरण गरिएको छ।

क्षतिको किसिम हेरेर पीडितहरुलाई राहतस्वरूप नगद २५ र १५ हजार रुपैया गरी कूल २ लाख वितरण गरेको हो।

गण्डकी प्रदेश आन्तरिक तथा मामीलामन्त्री दोवाटे विकले राहत वितरण गरेका हुन्। मन्त्री विकले राहत वितरण गर्दै राहत छिटो दिन सके पीडितलाई मल्हमको काम गर्ने उल्लेख गरे। उनले पुनर्निर्माण गर्न भौतिक मन्त्रालयमा र पशु नोक्सानी भएका पीडितलाई कृषि मन्त्रालयमा राहत उपलब्ध गर्न आग्रह गरे।

यही असार १० गते रातिको बर्षाको कारण हेमजाको सुन्दरपुरी, छहरेटारी र म्याग्दीचोकमा डुवानको साथै पहिरो गएको थियो। रातीको करिव ९ बजेतिर डुवान सुरु भएको र करीब १ बजे पहिरो गएको वडा अध्यक्ष मोति तिम्सिनाले जनाए। अबिरल बर्षाको कारण त्यस क्षेत्रका १२ घरमा आंशिक तथा पूर्ण क्षति भएको थियो।