पोखरामा लागू औषधसहित परियार पक्राउ

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

कास्कीको पोखरामा लागू औषधसहित एक जना पक्राउ परेका छन्।

पोखरा–३१ किमबेसीका २५ वर्षीय जीवन परियार करिब साँढे ३ किलो गाँजासहित पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले परियारलाई बिहीबार पौने ८ बजे पृथ्वी राजमार्गको पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

कास्की जिल्लामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

परियारले लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध गाँजा ३ किलो ३८५ ग्राम र मोवाईल थान १ सहित प्रहरीले बरामद गरेको छ। परियारलाई पक्राउ गरी लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।