पोखराका कवि तेजनाथ घिमिरेको निधन

जनसम्मत
असार ३२, २०७९, शनिबार

कवि तेजनाथ घिमिरेको निधन भएको छ । पोखराका कवि घिमिरेको शनिबार बिहान २ बजेर १२ मिनेटमा निधन भएको हो।

पोखरा–३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए। घरमै अक्सिजन दिएर उपचार भइरहेकोमा आज (शनिबार) बिहान ८३ वर्षको उमेरमा उनको निधन भएको हो। स्व. घिमिरेका २ श्रीमती, ५ छोरा, २ छोरी छन्।

लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए। नेपाली काँग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन्। घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन्।