हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

जनसम्मत
असार ३२, २०७९, शनिबार

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ।

हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिँजो (शुक्रबार)देखि काठमाण्डौ–कुवेत उडान थालेको हो।

गए राति साढे १० बजे कुवेत उडेको जहाज आज (शनिबार) पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवतरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरु उडानको उद्घाटन गरेका हुन्। एअरलाइन्स्ले हरेक शुक्रबार काठमाण्डौ–कुवेत र हरेक शनिबार कुवेत–काठमाण्डौ उडान संचालन गर्नेछ।

कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्वपूर्ण गन्तव्य हो। नेपाल र कुवेतबीच सन् २००६ मा हवाई सेवा सम्झौता भएको थियो। हिमालय एअरलाइन्स काठमाण्डौलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी समेत बनेको छ। सन् २०१४ मा चीनसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एअरलाइन्ससँग ४ वटा जहाज छन्।