स्याङ्जा गल्याङका पूर्वमेयर अधिकारीलाई एमालेले गर्‍यो कारबाही

जनसम्मत
असार ३२, २०७९, शनिबार

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले अनुशासनको कारबाही गरेको छ।

गएको पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो।

अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ। एमाले स्याङ्जाका अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको हो। एमालेले असार २० गते ३ दिनभित्र पेश गर्नेगरी र असार २८ गते २ दिनभित्र पेश गर्नेगरी अधिकारीसँग स्पष्टीकरण सोधेको थियो।

गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गंभीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको भएपनि यसमा अधिकारीले कुनै प्रतिक्रिया जनाएका थिएनन्।