सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

जनसम्मत
असार ३२, २०७९, शनिबार

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ।

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो।

समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आइसीयूमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्त रेफर गरिएको थियो। सुत्केरी तथा नवजात शिशुलाई प्रसूति गृह थापाथली लगिएको छ।