उपसभामुख भुसालले गरिन् पद तथा गोपनीयताको शपथ ग्रहण

जनसम्मत
श्रावण १, २०७९, आइतबार

उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख गौतमलाई प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो।