छोटो समय, अत्यन्त महत्वपूर्ण : उपसभामुख भुसाल

जनसम्मत
श्रावण १, २०७९, आइतबार

उपसभामुख पुष्पा भुसाल (गौतम)ले छोटो समय भएपनि आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्।

आइतबार सिंहदरबारमा उपसभामुखको पदबहाली गर्दै भुसालले भनिन्, ‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु। संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु।’

भुसालले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गरिन्। छोटो समय महत्वपूर्ण रहेको उल्लेख गरिन्।

‘सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मेरो जिम्मेवारी रहेको छ। मलाई जति समय छ, त्यो समय मेरा लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भनिन्।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शपथ लिए लगत्तै भुसाल पदभार ग्रहणका लागि सिंहदबार पुगेकी थिइन्। भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्।