नयाँ आर्थिक वर्षबाट इन्टरनेटको शुल्क घट्यो

जनसम्मत
श्रावण २, २०७९, सोमबार

नयाँ आर्थिक वर्ष २०७९/०८० बाट इन्टरनेटको शुल्क घटेको छ।

आर्थिक विधेयकमार्फत दूरसंचार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो। अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ।

इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र फिक्स्ड ब्रोडब्याड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा भने यस्तो दस्तुर लाग्ने छैन।