एशियन शारीरिक सुगठनमा नेपालका राजुलाई कास्य

जनसम्मत
श्रावण २, २०७९, सोमबार

नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्सअन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन्।

माल्दिभ्समा आयोजना भइरहेको फिट्नेश फिजिकमा राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान हात पार्दै कास्य पदक जितेका हुन्।

२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्। यसअघि पनि राजुले नेपाली खेलाडीहरूले एशियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन्। प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राई पनि प्रतियोगी छन्।