साफ यु–२० लागि नेपालको अन्तिम टोली घोषणा

जनसम्मत
श्रावण २, २०७९, सोमबार

भारतमा हुने साफ यु–२० च्याम्पियनसीपका लागि नेपाली यु–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसीपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। साफ यु–२० च्याम्पियनसीप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ।

नेपालले साफ यु–२० च्याम्पियनसीपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।

त्यसपछि नेपालले एएफसी यु–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यु–२० सँग खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।

अन्तिम टोली :

गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ सेख छन्।

डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा छन्।

मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी र आयुष घलान छन्।

त्यस्तै फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी छन्।