फ्रान्सको जंगलमा डढेलो : १४ हजारभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो

जनसम्मत
श्रावण २, २०७९, सोमबार

जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ।

फ्रान्सको दक्षिण पश्चिम जंगलमा डढेलो फैलिएको छ। नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ। डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ।

आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार २ सयभन्दा धेरै नागरिक भागेका छन्। पछि केही फर्किएका खबरमा उल्लेख छ। पोर्चुगलको भू–भागमा भएको आगलागी भने अहिले नियन्त्रणमा आएको छ। डढेलो, तातो हावा र गर्मीले युरोपको जनजीवन कष्ट कर बनेको छ।

पोर्चुगलमा पछिल्लो हप्तायता गर्मीका कारण ६ सय ५९ जनाको ज्यान गएको त्यहाँको सरकारले जनाएको छ। ज्यान गुमाउनेमा धेरैजसो ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ।

एजेन्सी