कास्कीसहित ८ जिल्लामा अनलाइनबाटै मतदाता नामावली फारम

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

निर्वाचन आयोगले कास्कीसहित ८ जिल्लाबाट अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाएको छ।

कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (कास्की, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।