माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार ७२ जना उत्तीर्ण

४३९ जनाको परीक्षा रद्द, गण्डकी प्रदेशबाट २६ सय ४५ उत्तीर्ण, ३६ जनाको परीक्षा रद्द

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ।

यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ। मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्द गरिएको छ।

गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट २ हजार ६१ जना उत्तीर्ण भएका छन्।

आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्द भएको छ।