व्यासगुफाका पिठाधीश दामोदरबाबाले अखण्ड संकीर्तन गर्दै

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको छ।

एक महिने अखण्ड हरिनाम संकीर्तनमा तेस्रो दिन तनहुँ व्यासगुफाका पिठाधीश दामोदर बाबा सहभागी बनेका छन्।

ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको हो।

नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यका अनुसार अखण्ड संकीर्तन अवधिभर विभिन्न धार्मिक तीर्थस्थलका गुरुहरू सहभागी हुने कार्यक्रम छ।

यस अवधिमा विभिन्न स्थानबाट तीर्थालुहरू सहभागी बनी पुण्यलाभ लिने समितिले जनाएको छ।