राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १४ उपसमितिहरु गठन

विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका हुन्

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ।

आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताका लागि राखेपले १२ वटा विषयगत उपसमितिहरु गठन गरेको हो।

विविध १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका हुन्।

सुरक्षा प्रबन्ध र अनुसन्धान उप समितिको संयोजक र सचिवको जिम्मेवारी भने पछि तोकिने बताइएको छ।

समारोह व्यवस्थापन, प्राविधिक, खेलस्थल व्यवस्थापन, बसोबास व्यवस्थापन, अनुशासन, स्वास्थ्य, यातायात व्यवस्थापन, सुरक्षा प्रवन्ध, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापन, स्रोत परिचालन, अनुसन्धान, स्वयंसेवक र एन्टी डोपिङ विषयगत उपसमितिहरु गठन गरेको हो।

राखेप सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा प्रशासकीय अधिकृत सारङ्गीन निरौला सचिव रहेको समारोह व्यवस्थापन समिति गठन गरेको छ।

नायव वरिष्ठ प्रशिक्षक हिमालराज दाहालको संयोकत्वमा नायव वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सचिव रहेको प्राविधिक खेलस्थल व्यवस्थापन उपसमिति गठन गरेको।

राखेप सदस्य राजेशकुमार गुरुङको संयोकत्वमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना सचिव रहेको खेलस्थल व्यवस्थापन उपसमिति गठन गरेको छ।

राजकुमार थापाको संयोजकत्वमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई सचिव रहेको बसोबास उपसमिति गठन गरेको छ।

राखेप सदस्य पेमा लामा संयोजकत्वमा कानूनी शाखाको प्रमुख नारायणराज अर्याल सचिव रहेको अनुशासन उपसमिति गठन गरेको छ।

चिकित्सक डा. बुलन्द थापाको संयोजकत्वमा डा. ज्ञानेन्द्रविक्रम शाह सचिव रहेको स्वास्थ्य उपसमिति गठन गरेको छ।
राखेप सदस्य प्रकाश कुशारीको संयोजकत्वमा पौडी शाखा प्रमुख देवराज कटुवाल सचिव रहेको यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ।

दीपेन्द्र बिष्टको संयोजकत्वमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुसराज दाहाल सचिव रहेको प्रचार–प्रसार उपसमिति गठन गरेको छ।

राखेप सदस्य अञ्जन धमालाको संयोकत्वमा राखेप आपूर्ति भण्डार शाखा प्रमुख सुजन खतिवडा सचिव रहेको खेल तथा पोशाक व्यवस्थापन उपसमिति गठन गरेको छ।

खेलकुद परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्य भण्डारीको संयोजकत्वमा राखेप संघसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सचिव रहेको स्रोत परिचालन उपसमिति गठन गरेको छ।

त्यस्तै, राखेप सदस्य जनक बर्तौलाको संयोजकत्वमा प्रशासकीय अधिकृत लिलाराम बस्नेत सचिव रहेको स्वयंसेवक उपसमिति गठन गरेको छ।

चिकित्सक डा. नमिषमान प्रधानको संयोजकत्वमा प्रशासकीय अधिकृत दोबे तामाङ सचिव रहेको एन्टी डोपिङ उपसमिति गठन गरेको छ।

 

हेर्नुहोस, को को छन समितिमा संयोजक र सचिव