प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले दिए राजीनामा

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्।

पुवुदुले राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किरहेको अवस्थामा राजीनामा दिएका हुन्।

गत मंसीरमा नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टिममा दोस्रो कार्यकालका लागि २ वर्षे सम्झौता गरेका पुवुदुले एक साता अगाडि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए।

पुवुदुले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैे व्यक्तिगत कारण पद छाडेको जानकारी गराएका हुन्। पुवुदुले सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए।

 

जाँदाजाँदै पुबुदुले भने, ‘अहिले टीममा एकता छ’

 

पुबुदु दशानायाकेले नेपाली राष्ट्रिय क्रिकेट टीममा पछिल्लो समय एकता रहेको बताएको छन्। आफूले प्रशिक्षण गर्दा टीममा एकता नभएको स्वीकार्दै उनले अहिले त्यस्तो अवस्था नभएको बताएका हुन्।

पुबुदुले भने, ‘सुरुवातमा टीममा एकता थिएन। अहिले त्यस्तो अवस्था छैन। अहिले टिमामा एकता छ।’