ट्रेड टावरले दियो आइपीओ निष्कासनका लागि सेबोनमा निवेदन

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

ट्रेड टावरले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन्।

टावरले साढे ११ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको हो।

सेबोनले अनुमति दिएमा टावरले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्दैछ। ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।